सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काठमाडौँकाे टुसाल बौद्धबाट दुई किलो ५०० ग्राम युरेनियमसहित चारजना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । निषेधित पदार्थ यूरेनियमसहित रामेछापका नारायणसिंह तामाङ र जानुका तामाङ, रामेछाप बागजोर नगरपालिका–४ का प्रकाश चौहान र सिन्धुपाल्चोक सुनकोशी–४ का मनोज न्यौपानेलाई सार्वजनिक गरी आजै महानगरीय प्रहरी परिसरको हिरासतमा पठाइएको छ । अभियुक्तहरू उपर थप अनुसन्धान एवं कारबाही उक्त परिसरले गर्ने महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।