सोसल मिडिया
Contact Us
युनिकोड
किभ, ५ वैशाख : रुसी सेनाले युक्रेनका महत्वपूर्ण क्षेत्रहरुमा गोलाबारी र हवाई हमला फेरि तीब्र पारेका छन् । ओडेसा नजिकैको सहर माइकोलाइभमा निरन्तर रकेट हमला भएको त्यहाँका गभर्नरले बताएका छन् ।
पूर्वीयुक्रेनमा हवाई हमलाका साइरनहरु निरन्तर बजिरहेका बीबीसीले जनाएका छ । युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबाले पूर्वीबन्दरगाह सहर मारिओपोलको अब कुनै अस्थित्व नरहेको बताएका छन् । झन्डै दुई महिनाअघि युद्ध सुरु भएपछि मारिओपोल निरन्तर रुसी सेनाको हमलामा परेको छ ।
यसैबीच, युक्रेनका प्रधानमन्त्री डेनिस स्माइहलले घेराबन्दीमा परेको मारिओपोल सहरमा युक्रेनी फौज रुसविरुद्ध अन्तिम समयसम्म लड्ने बताएका छन् ।
युक्रेनी सहर खार्किभमा शृंखलाबद्ध मिसाइल प्रहार, ५ जनाको मृत्यु
रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा गरेको शृंखलाबद्ध हमलामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । रुसी मिसाइल हमलामा अन्य १३ जना घाइते भएका छन् ।
खार्किभ क्षेत्रको स्वास्थ्य विभागका प्रमुख माकस्याम खाउस्टोभले मिसाइल हमलामा ५ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । शृंखलाबद्ध विस्फोटपछि सहरका केही भागमा आगो लागेको र भवनका छानाहरू भत्किएको बताइएको छ । आवासीय क्षेत्रमा भएका ती विस्फोटलगत्तै दमकल र अग्नी नियन्त्रक टोली परिचालन गरिएको छ।
हमलापछि सर्वसाधारण मानिसहरू अत्तालिएका थिए भने सर्वसाधारण मानिसहरू सडकमा दौडिएका देखिन्थे । त्यस्तै, घटनास्थल नजिकैबाट कारहरू हुइँकिएका थिए । आक्रमणपछि सडकमा रगत लत्तपत्तिएको एएफपीले जनाएको छ । रुसी सेनाले ६ देखि ८ ओटा मिसाइल हमला गरेको बताइएको छ ।-एजेन्सी