डोटीमा शिक्षकको शंकास्पद मृत्यु

अनुसन्धान गर्ने प्रहरीको वचन पछि बल्ल बुझे आफन्तले 
शुक्रबार, फागुन २८, २०७७

डोटी । जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडकखण्डमा मृतावस्थामा फेला परेका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव एक हप्तापछि बल्ल आफन्तले बुझेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दाफाँटका प्रहरी निरीक्षक कान्तिराज जोशीले घटनाको विस्तृतरुपमा अनुसन्धान भइरहेको र अनुसन्धान जारी रहने सहमतिपछि आफन्तले शब बुझेको जानकारी दिए ।  मृतकका घरपरिवार तथा आफन्तले घटना शंकास्पद रहेको भन्दै पूर्ण अनुसन्धानपछि मात्र शव बुझ्ने अडान राखे पनि प्रहरीले अनुसन्धान जारी राख्ने वचन दिएको छ । प्रहरीको वचनपछि बल्ल आफन्तले शव बुझेका हुन् । मृतकको शव डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालको शवगृहमा सात दिनदेखि राखिएको थियो ।  शव बुझेसँगै मृतकको दाहसंस्कार पनि गरिएको डोटी प्रहरीले जनाएको छ । अस्पतालमा गरिएको शवपरीक्षण रिपोर्टबाट कुनै पनि कुरा नदेखिएपछि भिसेरा परीक्षणका लागि अहिले मृतकको नमूना काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतक शिक्षक भट्टराई बैतडीको पाटन नगरपालिका–१ सकार पलेटा निवासी हुन् । उनी विगत १० वर्षदेखि भूमिराज केदार आधारभूत विद्यालय बस्यानी डोटीमा अध्यापन गराउँदै आएका थिए ।-रासस 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  १३:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार