सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुईंचो लागेको छ । दर्शनाथीको घुईंचो लागेपछि पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा एक घण्टाभित्र दर्शन गरेर फर्कन सकिने व्यवस्था मिलाएको थियो ।
खोजखबर तथा स्वास्थ्य सेवा
नेपाल प्रहरीले महाशिवरात्रि २०७७ का अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा आउने भक्तजनलाई सुरक्षा, खोजखबर तथा स्वास्थ्य सेवा उपलब्ध गराएको छ । मानवीय सेवा पु¥याउने उद्देश्यले सामुदायिक प्रहरी सेवा केन्द्र चाबहिललगायतको सहभागितामा पशुपति क्षेत्र परिसरमा बिहीबार नेपाल प्रहरी कमाण्ड पोष्ट तथा खोजखबर कक्ष सञ्चालन गरी सेवा पु¥याइएको हो । उक्त कक्षमार्फत नेपाल प्रहरी अस्पताल महाराजगञ्जका चिकित्सकद्वारा १०४ जनालाई स्वास्थ्य सेवा पु¥याइएको छ । साथै भीडमा हराइ अभिभावकबाट सम्पर्कविहीन भएका बालबालिकासमेत गरी ५५ जनालाई सम्पर्कमा ल्याई सम्बन्धित आफन्तलाई जिम्मा लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै कमाण्ड पोष्टमा विविध सहयोगका लागि आग्रह गरेका भक्तजनलाई आवश्यक समन्वय र सहयोगसमेत प्रदान गरिएको थियो ।
डोलेश्वरदेखि कैलाशपतिसम्म घुइँचो
महाशिवरात्रि पर्वका अवसरमा भक्तपुरका प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वर, आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको भीड लागेको छ । शिवरात्रि पर्वका लागि मात्रै मन्दिरको चारै ढोका खुला रहने सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा आज दर्शनार्थीको बिहान ४ः०० बजेदेखि नै भीड लागेको डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सञ्चार संयोजक मोहन बल्लले जानकारी दिए । मध्यराति मन्दिरमा विशेष प्ूजा गरेपछि बिहान ४ः०० बजेदेखि दर्शनका लागि मन्दिरको ढोका खुला गरिएको र बिहानैदेखि लामबद्ध दर्शनार्थीका लागि सहज पूजा एवं दर्शन गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए । भक्तजनलाई विषेश पूजा, हवन र रुद्धाभिषेक गरी पञ्चस्नान गराउने व्यवस्था गरेको समितिका दिलीप केसीले जानकारी दिए । मन्दिरमा हुने भिडभाडको व्यवस्थापनका लागि महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी, ट्राफिक प्रहरी र स्वयंसेवक परिचालन गरेको छ । मन्दिर परिसरमा स्वस्थ्य परीक्षणका लागि स्वयंसेवकका रुपमा नेपाली सेना इन्द्र बक्स दल गण सूर्यविनायकका चिकित्सकको टोलीले स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । डोलेश्वर आउने साधुसन्त एवं नागा बाबालाई समितिले एक÷एक थान धोती र कम्बल तथा तहअनुसार रु एक हजार १००, रु एक हजार ३०० र रु एक हजार ५०० का दरले भेटी दिएर शुक्रबार समितिले बिदाइ गर्ने भएको छ । यता सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि आज दर्शनार्थीको भीड लागेको छ । मनले चिताएको आशा पूरा गर्ने जनविश्वास रहेको आशापुरी महादेवमा दर्शनार्थीको भीड लागेको हो । त्यस्तै सूर्यविनायक नगरपालिका– १० चित्तपोलमा रहेको साँगास्थित अग्लो महादेवका रुपमा चिनिएको कैलाशपति महादेव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको थियो । दर्शनार्थीलाई सहज दर्शन गर्ने व्यवस्था गरिएको र त्यसका लागि सुरक्षाकर्मीदेखि स्वयंसेवक परिचालन भएको मन्दिरका व्यवस्थापक कमल जैनले जानकारी दिए ।