सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, ३० चैत । नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को प्रहरी नायब महानिरीक्षक ९डिआइजी० पदमा बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरीको बढुवा सिफारिस समितिको आज बसेको बैठकले एसएसपी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र साउद अलाम खाँलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो । प्रहरी नियमावली, २०७१ ९संशोधनसहित०को नियम २७ को उपनियम ४ अनुसार चार एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।