ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख हृदय मोहिनीको निधन

शुक्रबार, फागुन २८, २०७७

जयपुर । प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख दादी हृदय मोहिनीको निधन भएको छ । मुम्बईस्थित निजी अस्पतालमा ९३ वर्षको उमेरमा उनको बिहीबार निधन भएको अधिकारीहरूले जानकारी दिएका छन् । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि पछिल्लो झण्डै १५ दिनदेखि मुम्बईमा उनको उपचार भइरहेको थियो । ईश्वरीय विश्वविद्यालयकी यसअघिकी प्रमुख दादी जानकीको झण्डै एक बर्ष अगाडि निधन भएपछि मोहिनीले प्रमुखको जिम्मेबारी सम्हाल्दै आएकी थिइन् ।  उनको शव शुक्रबार माउन्ट आबु रोडमा रहेको ईश्वरीय विश्वविद्यालयको मुख्यालयमा राखिने छ । त्यहाँ उनलाई अन्तिम श्रद्धाञ्जली दिइने अधिकारीहरूले जनाएका छन् । उनको अन्त्येष्टि शनिबार गरिने योजना छ ।– पीटीआई
 

प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  ०३:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार