बाघको आक्रमणबाट मृत्यु

बिहीबार, फागुन २७, २०७७

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–३ सम्झना सामुदायिक वनमा पाटे बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।  मधुवन–३ की २९ वर्षीया रेनुका सुनारलाई घाँस काट्न गएको बेला बाघले झम्टेर लगेको सशस्त्र प्रहरी बल बिओपी भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन मगरले बताए । नेपाल–भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गर्दा ज्यान गएको उनले जनकारी दिए ।–रासस

प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  ०६:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार