अनशनरत गंगामायाको जीवन रक्षाको माग

बुधबार, फागुन २६, २०७७

काठमाडौं । मानवअधिकारकर्मीले अनशनरत गंगामाया अधिकारीको जीवन रक्षाको माग गरेका छन् । आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या गरिएको र सो कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गर्दै गङ्गामाया वीरअस्पतालमा अनशनरत छिन् । उनको जीवन रक्षाको लागि मानवअधिकारवादीले आज यहाँ पत्रकार सम्मेलन गरी अपिल गरेका हुन् । राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य प्रा.डा. कपिल श्रेष्ठले गङ्गामायाले देशमा न्यायका लागि शान्तिपूर्ण संघर्ष गर्दा बेवास्ता हुने गरेको टिप्पणी गरे ।  प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा.केदारनरसिंह केसीले अनशनरत गङ्गामाया लामो समयदेखि न्यायका लागि अनशन बस्दा पनि राज्यले बेवास्ता गरेको आरोप लगाए । अधिवक्ता दिनेश त्रिपाठीले गङ्गामायाको जीवन संकटमा भएको बताए । न्यायका लागि मानवअधिकार राष्ट्रिय सञ्जालको संयोजक तथा अधिवक्ता इन्दप्रसाद अर्यालले ‘हत्यामा संलग्नलाई कारवाही हुनुपर्छ’ भने । 
 

प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  २१:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार