टाइफाइड रोग विरुद्धको खोप अभियान

मंगलबार, चैत २२, २०७८


ललितपुर चैत २२ ।   स्वास्थ्य  कार्यालय ललितपुरले   टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोप सम्बन्धि ललितपुरका क्रियाशिल  पत्रकार तथा  सञ्चारकर्मीसंग अन्तरक्रिया गरेको छ । सरकारको बार्षिक कार्यक्रम अनुसार २०७८ चैत २५ गते देखी २०७९ बैशाख १८ गते सम्म देशै भरि खोप अभियान चल्ने छ । सरकारले १५ महिना देखी १५ वर्ष  सम्मका  बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाउने निर्णय गरेको छ । 

स्वास्थ्य  कार्यालय ललितपुरका बरिष्ठ जनस्वास्थ्य   प्रशासक सतिष बिष्टले नेपालमा  खोपको लागि  १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरु  करिव ७५ लाख  रहेको जानकारी गराउँदै उनले  ललितपुर    जिल्लामा ९५ हजार रहेको बताए । उनले भने  विश्वका अफ्रिकन र एसियाली मुलुकका मानिसहरु बढी टाइफाइड रोगबाट संक्रमीत हुने गरेका छन् ।

उनले भने   नेपालका  पानीका मुहानहरु सफा नहुने तथा ग्रामिण बस्तीका मानिसहरुमा स्वास्थ्य सम्बन्धि ज्ञान पनि  कमि हुने भएकाले यो रोग लाग्ने बताए उनले बच्चालाई खोप लगाउन आएका आमाहरुलाइ पनि स्वास्थ्य सम्बन्धि सचेतना दिने बताए ।  प्रशासक बिष्टले ललितपुर महानगरपालिका , महालक्ष्मी नगरपालिका  ,गोदावरी नगरपालिकामा चैत २५ गते देखी ३० गते सम्म तथा कोन्ज्यसोम गाउँपालिका , बागमती गाउँपालिकामा र महाँकालमा बैशाख ४ देखी ८ गते सम्म खोप अभियान चल्ने जानकारी दिए । पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले खोप अभियान सफल बनाउन  सञ्चारकर्मीहरु प्रतिवध रहेको बताए । 

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  २३:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार