सोसल मिडिया
Contact Us
युनिकोड
साना । यमनको राजधानी सहरस्थित एक आप्रवासी शिविरमा आइतबार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या बढेर ६० पुगेको छ । मंगलबार बिहान सम्ममा यो आगलागीमा परेर ज्यान जाने व्यक्तिको संख्या ६० पुगेको यहाँका एकजना सुरक्षा अधिकारीले जानकारी दिएका छन् । उनले यस आगगालीमा परेर कम्तीमा पनि ६० जना आप्रवासीको ज्यान गएको बताइएको छ । त्यस शिविरमा भएको आगलागीमा उक्त शिविरका कर्मचारी परेको बताइएको छ । कतिपय यहाँ ज्यान गुमाउनेमा अफ्रिकी नागरिक पनि परेका ती सुरक्षा अधिकारीले जानकारी दिए । यो दुर्घटनामा परेर १०० जनाभन्दा बढी घाइते भएका पनि अन्तरराष्ट्रिय आप्रवासन संगठनले जनाएको छ । सो संगठनले यसमा परेर जलेका र अरु घाइतेलाई आवश्यक सहयोग गरिरहेको जनाएको छ । आप्रवासी अन्तर्राष्ट्रिय संगठनको मध्यपूर्व र उत्तर अफ्रिकाका क्षेत्रीय निर्देशक कार्मेला गोडेउले दिएको जानकारीअनुसार सो आगलागीका कारण धेरै मानिस अझै जलेका छन् र केही भागदौडमा परेर घाइते भएका छन् । उनले मंगलबार पनि ट्वीटरमार्फत् केही घाइतेको अवस्था गम्भीर रहेको पनि जानकारी गराएका थिए । आइओएमले विशेष गरी आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उनले जानकारी गराएका थिए । हिजो नै त्यस आगलागीमा परी कम्तीमा पनि १७० जना घाइते भएका बताइएको थियो । त्यसमा परेर ज्यान जानेमा कतिपय नागरिक अवैधरुपमा अफ्रिकाबाट यमन पसेका पनि रहेका छन् । उनीहरु त्यहाँ आउनुअघि प्रस्थानसम्बन्धी प्रक्रिया पनि पूरा नगरेको पाइएको पनि एक समाचारमा जनाइएको छ । आगलागीमा परेकामध्ये सोमबार राति र मंगलबार बिहानसम्म ६० जनाको मृत्यु भएको हो । तीमध्ये केही जना गम्भीररुपमा घाइते भएका छन् । सो आगलागी के कसरी भएको हो भन्ने बारेमा भने केही थाहा भएको छैन । यमन गएका केही वर्षदेखि हिंसाको चपेटामा परेको छ । यहाँको हिंसामा परी दशौँ हजार नागरिकको ज्यान गएको छ । यस हिंसाका कारण यमनका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परिरहेको पनि बताइएको छ ।–सिन्हवा