चितुवाको आक्रमणबाट बालक घाइते

मंगलबार, फागुन २५, २०७७

बन्दीपुर । बन्दीपुर गाउँपालिकामा सोमबार बिहान चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन् । बन्दीपुर गाउँपालिका–१ कौशलीछापमा चितुवाको आक्रमणबाट चार वर्षीय बालक अपल चेपाङ घाइते भएका हुन् । घर नजिकैको बारीबाट फर्किने क्रममा बालकलाई चितुवाले आक्रमण गरेको थियो । बालकको लक्ष्मी अस्पताल डुम्रेमा उपचार गरिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।  डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले तनहुँका विभिन्न ठाउँमा चितुवा रहेकाले सतर्कता अपनाउनुपर्ने बताए । साढे दुई वर्ष यता चितुवाको आक्रमणबाट जिल्लामा दश बालबालिकाले ज्यान गुमाएका छन् । वनजङ्गलमा पाइने जीवजन्तु मानिसले सिकार गरेर खाइदिने, पानीको स्रोत मासिने जस्ता कारणले चितुवा बस्तीमा आउन थालेको छ । 
कार्यालयले चितुवाबाट बच्नका लागि घरगोठ उज्यालो बनाउने, वस्तुलाई बचाउन गोठ बलियो निर्माण गर्नुपर्ने लगायतका सावधानी अपनाउन आग्रह गरेको छ । काफ्लेका अनुसार जङ्गलमा पानीको व्यवस्थापन, घरवरपर झाडी व्यवस्थापन र जङ्गलमा घाँसे मैदान संरक्षण गर्न सकिए चितुवाले मानिसमाथि आक्रमण गर्ने स्थिति न्यूनीकरण हुँदै जानेछ ।–रासस
 

प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  ०६:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार