गोदावरी कृषि, पर्यटन, साँस्कृतिक महोत्सव चैत्र २५ देखि

बिहीबार, चैत १७, २०७८

ललितपुर, चैत्र, १७ । गोदावरी नगरपालिकाद्वारा आयोजित प्रथम गोदावरी कृषि, पर्यटन, साँस्कृतिक महोत्सव २०७८ चैत्र २५ देखि २०७२ बैशाख ४ गतेसम्म हुने भएको छ । गोदावरी उद्योग वाणिज्य संघको सह आयोजना, सुरताल इभेन्ट म्यानेजमेन्ट प्रा. लि.को व्यवस्थापन तथा राष्ट्रिय संगितकर्मी संघ ललितपरको संयोजनमा आयोजना हुने महोत्सव गोदावरी नगरपालिकाको स्थानीय स्तरमा उत्पादित कृषि जन्य बस्तुहरु, स्थानयि साँस्कृतिक, धार्मिक सम्पदाको प्रर्दशन गरिनेछ ।

स्थानीय क्षेत्रको सम्पदाको संरक्षण एवम् प्रवर्द्धन गर्ने उद्देश्यका साथ गोदावरी नगरपालिका वडा नं. १० टाहाखेल रङ्शाला चौर (पुरानो पूर्णलालको खानी) मा हुने लागेको हो । त्यस  महोत्सवका आकर्षणहरु ब्यापार, प्रदर्शनी गर्नको लागि विभिन्न ब्यापारिक स्टल, बाल उद्यानका सामाग्रीहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तति, टिकटक च्यालेन्ज, खुल्ला नृत्य प्रतियोगिता, सास्कृतिक तथा कला प्रदर्शन (लाखे नाच, धिमे बाजा, बाँसुरी, झाँकी, खैजडी भजन तथा पञ्चेबाजा) जस्ता मनोञ्जनका कार्यहरू हुनेछन् ।  

ललितपुर, चापागाउँ, प्याङगाउँको संस्कृतिक झल्काउने पुरात्तात्विक वस्तु प्रदर्शन गर्ने, खुल्ला एकल ललितपुर डान्स आइडल गर्ने उद्देश्यका साथ आयोजना हुन लागि रहेको छ । साँस्कतिक महोत्सवको अनुमानित आम्दानी करिब ७१,५०,००० (एकहत्तर लाख पचास हजार) र अनुमानित लागत करिब ६९,५०,००० (उनानसत्तरीस हजार) गरिएको छ । उक्त महोत्सवमा अनुमानित १,००,००० (एक लाख) दर्शकलाई अवलोकन गराउने लक्ष्य राखिएको छ।

उक्त महोत्सवको स्थान सम्म आवत जावत गर्न गाडीको व्यवस्था पनि गरिने कार्यक्रम संयोजक सुवास महतले जानकारी गराएका छन् । साथै गोसाईकण्ड दर्शनका लागि हेलिकप्टरको व्यवस्था गरिने कुरा पनि  उनले बताए ।उक्त महोत्सवमा कारब १०० को हाराहारीमा स्टलहरु रहनेछ छन् । उक्त महोत्सवमा राखिने स्टलको शुल्कमा उद्योग वाणिज्य संघसँग आवद्ध व्यवसायी तथा स्थानीय बासिन्दालाई २० प्रतिशत छुट दिइने व्यवस्था रहेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  २२:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार