भर्ना–छनोट प्रणाली योग्यताकै आधार गर्ने प्रतिवद्धता

बनेपामा सकियो लोकसेवा आयोगको सम्मेलन 
मंगलबार, फागुन २५, २०७७

बनेपा । लोकसेवा आयोगले प्रादेशिक संरचनामा प्रदेश लोकसेवा आयोग स्थापना गरेपछि लोकसेवा आयोगको ‘प्रथम राष्ट्रिय सम्मेलन’ सोमबार सकिएको छ । ‘सङ्घीय सुशासनका लागि योग्यता प्रणाली’ भन्ने नाराका साथ काभ्रेपलाञ्चोकको धुलिखेलमा आइतबार र सोमबार दुई दिनसम्म भएको सम्मेलनले पाँच बुँदे घोषणापत्र जारी गरेको छ । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले घोषणापत्र जारी गर्दै आयोग योग्यता प्रणालीका मान्य सिद्धान्तप्रति विश्वस्त र दृढ रहँदै लोकसेवा आयोगको गौरवपूर्ण अतीतप्रतिको गर्व, निष्पक्षता, स्वतन्त्रता र वस्तुनिष्ठता, आयोगप्रतिको जनविश्वासका लागि उच्च सम्मान र योग्यता प्रणालीको प्रवद्र्धन तथा संरक्षकको जिम्मेवारी बोध गरेको बताए घोषणापत्रमा सार्वजनिक पदको भर्ना र छनोटमा योग्यता प्रणालीका आधार र सिद्धान्तको पूर्णपालना गर्ने, राजनीतिक, सामाजिक र व्यक्तिगत सम्बन्धका आधारमा पर्न सक्ने प्रभाव, दबाब र आग्रहबाट मुक्त भई निष्पक्ष भर्ना र छनोटद्वारा राज्यको सेवामा योग्यता व्यक्ति प्रवेश गराउन प्रतिबद्ध हुने, योग्यता परीक्षणका विधिमा भइरहेका प्रवद्र्धनको प्रयोग र नवीन आविष्कारद्वारा आधुनिक गुण परीक्षण विधि अवलम्बन गर्दै २१औँ शताब्दीको चुनौती सामना गर्न सक्ने जनशक्ति सार्वजनिक सेवामा भित्र्याउने र लोकसेवा आयोगलाई योग्यता प्रणालीको उत्कृष्ट केन्द्रका रूपमा स्थापित गर्ने कटिबद्धता व्यक्त गर्ने, लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगबीच सहकार्य तथा समन्वय गरी अनुकरणीय प्रणाली स्थापित गर्दै सङ्घीय सुशासन प्रवद्र्धन गर्न योगदान गर्ने र संस्थाको पवित्रता जोगाउँदै नागरिकको विश्वासको धरोहरका रूपमा स्थापित गराउने सङ्कल्प गर्ने प्रतिबद्धता जनाएको छ ।–रासस
 

प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  ०६:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार