महिला दिवसमा किशोरी–महिलालाई साइकल

मंगलबार, फागुन २५, २०७७

तुलसीपुर ।  तुलसीपुर उपमहानगरपालिकाले १११औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सोमबार ५४ किशोरी र महिलालाई साइकल वितरण गरेको छ ।  कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने किशोरी तथा आयमूलक कार्यमा सहभागीलाई उपमहानगरले साइकल प्रदान गरेको हो । किशोरीहरूको सशक्तीकरण र शिक्षामा पहुँच वृद्धि गर्नाका साथै उद्यमशील महिलाहरूलाई सहयोग पु¥याउने उद्देश्यले साइकल प्रदान गरिएको उपमहानगर प्रमुख घनश्याम पाण्डेले बताए ।  उपमहानगरका १९ वडाका सामुदायिक विद्यालयका पाँच हजारभन्दा बढी किशोरीहरू पैदलयात्री रहेका छन् । तीमध्ये एक हजार ६०० पैदलयात्री किशोरीलाई साइकल प्रदान गर्ने लक्ष्य राखिएको छ ।  पहिलो चरणमा ५४ थान साइकल प्रदान गरिएको भन्दै अबको केही समयमा थप २५ किशोरी तथा महिलालाई साइकल प्रदान गर्ने लक्ष्य रहेको उपमहानगर प्रमुख पाण्डेले जानकारी दिए । 
 

साइकल चालकको मापन गर्ने एप

उपमहानगरपालिकाले साइकल चालकको माइलेज मापन गर्ने मोबाइल एप्सको समेत उद्घाटन गरेको छ । त्यस्तै स्मार्ट छोरीको खातामा जम्मा भएको रकमको चेक पनि हस्तान्तरण गरेको छ । मेगा बैंकमा छ र सिभिल बैंकमा १६ वटा स्मार्ट छोरीको खाता रहेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  ०६:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार