सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर, १६ चैत । ललितपुर महानगरले ऐतिहासिक, सांस्कृतिकसँगसँगै धार्मिक महत्वका जात्रा, नाच संरक्षणका लागि अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग गरेको छ । आर्थिक अभावमा यी अमूर्त सम्पदाको अस्तित्व संकटमा नपरोस् भन्दै महानगरले अक्षयकोष स्थापनाका लागि सहयोग गरेको हो । महानगरप्रमुख चिरीबाबु महर्जनले आर्थिक अभावमा ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वका जात्रा, नाचहरुको अस्तित्व संकटमा परेकाले अक्षयकोषका लागि सहयोग गरेको जानकारी दिए । पाटन दरबार क्षेत्रमा देखाइने कातिक नाचको अक्षयकोषका लागि दुई आर्थिक वर्षमा गरेर एक करोड हस्तान्तरण ग¥यो । आर्थिक वर्ष २०७८-२०७९ का लागि ५० लाख हस्तान्तरण गरेको थियो भने आर्थिक वर्ष २०७७-२०७८ को बजेटबाट ५० लाख छुट्याएको थियो । हरिसिद्धि भवानीदेवी नाचको अक्षयकोषका लागि दुई आर्थिक वर्षमा गरेर ५० लाख हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०७७-२०७८मा पनि २५ लाख हस्तान्तरण गरेको थियो भने आर्थिक वर्ष २०७८-२०७९ मा २५ लाख छुट्याएको थियो । खोकनामा देखाइने रुद्रायणी नाचको अक्षयकोषका लागि महानगरले दुईपटक गरेर ५० लाख हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०७८-२०७९को बजेटमा यो नाचको अक्षयकोषका लागि २५ लाख छुट्याइएको थियो । आर्थिक वर्ष २०७७-२०७८ को बजेटमा यो नाचको अक्षयकोषको लागि २५ लाख छुट्याएको थियो । महानगर प्रमुख महर्जनले अक्षयकोष हुँदा जात्रा, नाचको निरन्तरतामा खर्च जुटाउन मुश्किल नहुने बताए ।
पायो जात्रा अक्षयकोषलाई २५ लाख महानगरले पायो जात्राको अक्षयकोषको लागि २५ लाख हस्तान्तरण गरेको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठलाई चेक हस्तान्तरण गरे । पायो जात्रा (खड्ग जात्रा) दसैंको बेलामा पाटन दरबार क्षेत्रमा देखाइन्छ । यो जात्रा ललितपुरको प्रसिद्ध जात्रा हो । नगरप्रमुख महर्जनले आर्थिक अभावमा जात्रा रोकिनुपर्ने अवस्था नआओस् भनेर अक्षयकोषका लागि सहयोग गरेको बताए । उनले भने, ‘बजेट पुस्तिकामा नै उल्लेख गरेर २५ लाख हस्तान्तरण ग¥यौं, यसलाई बढाउँछौं ।’ नगरप्रमुख महर्जनले अक्षयकोष भएपछि आर्थिक अभावकै कारण जात्रा रोकिनुपर्ने अवस्था नआउने बताए ।
२४ वर्षसम्म रोकिएको यो जात्रा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि सुरु भएको थियो ।
२४ वर्षसम्म रोकिएको यो जात्रा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि सुरु भएको थियो । नगरप्रमुख महर्जनले भने, ‘उद्योग वाणिज्य संघ, ललितपुरलगायत सम्पदाप्रेमीसँग सहकार्य गरेर हामीले यो जात्रालाई हामी जितेर आएपछि निरन्तर ग¥यौं ।’ नगरप्रमुख महर्जनले मूर्त र अमूर्त सम्पदाबीच अन्योन्याश्रीत सम्बन्ध रहेको बताए । मठमन्दिर, देवालय, शिवालय मूर्त सम्पदा हुन् भने । जात्रा पर्व अमूर्त सम्पदा हुन् । व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठले अक्षयकोषका लागि महानगरले सहयोग गरेकोमा धन्यवाद दिए । उनले भने, ‘ महानगरपालिकाले जात्राको निरन्तरताको लागि चासो र सहयोगप्रति धन्यवाद छ, अक्षयकोषलाई थप सहयोगको अपेक्षा गर्दछौं ।’ नंगचा प्याखंको अक्षयकोषलाई ललितपुर १० लाख महानगरपालिकाले बुङमतीमा दसैंको फूलपातीको दिन देखाइने नांगचा प्याखं नाचको अक्षयकोषका लागि १० लाख हस्तान्तरण गरेको छ । विसं २०६७ देखि पुरात्व विभागको आर्थिक सहयोग उक्त नाच देखाइएको नाच व्यवस्थापन समितिका अध्यक्ष पुष्टराज महर्जनले बताए । पुरातत्वको सहयोग गर्नुअघि ६३ वर्षसम्म उक्त नाच देखाएको थिएन । व्यवस्थापन समितिका अध्यक्ष पुष्टराज महर्जनले भने, ‘यो रकमले लोप हुने अवस्थामा पुगेको नाचलाई निरन्तर दिने भयो, यसका लागि महानगरका मेयरसाबलाई धेरै धन्यवाद ।’ महानगरप्रमुख महर्जनले नाच व्यवस्थापन समितिका अध्यक्ष पुष्टराज महर्जनलाई चेक हस्तान्तरण गरे । नगरप्रमुख महर्जनले नाच, जात्रा अमूर्त सम्पदा भएको बताउँदै यी सम्पदाको निरन्तरताको लागि सहयोग गरेको प्रट पारे । उनले भने, ‘आर्थिक अभावमा नाच, जात्राको निरन्तरता नरोकियोस् भनेर अक्षयकोषको लागि रकम दिएका हौं ।’
अमूर्त सम्पदा र मूर्त सम्पदाबीच अन्योन्याश्रित सम्बन्ध रहेको प्रमुख महर्जनले बताए । कार्यक्रममा वडा नं २२का वडा अध्यक्ष अम्बीरराज शाक्यले अक्षयकोषको स्थापनाले ऐतिहासिक महत्वको नाचले निरन्तरता पाउने बताए ।
अमूर्त सम्पदा र मूर्त सम्पदाबीच अन्योन्याश्रित सम्बन्ध रहेको प्रमुख महर्जनले बताए । कार्यक्रममा वडा नं २२का वडा अध्यक्ष अम्बीरराज शाक्यले अक्षयकोषको स्थापनाले ऐतिहासिक महत्वको नाचले निरन्तरता पाउने बताए । सम्पदा संरक्षणमा महानगरपालिकाले गरेको काम उदाहरणीय भएको स्पष्ट पारे । विकास तथा सुशासन समितिका सदस्य एवंम वडा सदस्य सागर तुलाधरले सम्पदा ललितपुरको पहिचान भएकोले यसको संरक्षणको लागि अक्षयकोष स्थापना गरेको स्पष्ट पारे । यसअघि महानगरले कात्तिक नाचको अक्षयकोषको लागि एक करोड, हरिसिद्धि नाचको अक्षयकोषको लागि ५० लाख, रुद्रायणी नाचको अक्षयकोषको लागि ५० लाख हस्तान्तरण गरिसकेको छ ।