Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

भ्रामक विज्ञापन दिने सेन्सोडाइन टूथपेस्टलाई १० लाख भारू जरिवाना

बिहीबार, चैत १०, २०७८

भारतको केन्द्रिय उपभोक्ता संरक्षण प्राधिकरण (सीसीपीए) ले कुछ भ्रामक विज्ञापन के लिए ‘सेन्सोडाइन’ टूथपेस्ट पर दस लाख भारू (१६ लाख नेपाली रूपैयाँ) जरिवाना गराएको छ ।

 

इंडियन एक्सप्रेसमा प्रकाशित एक रिपोर्टका अनुसार, सीसीपीएले सात दिन भीत्र ती सबै भ्रामक विज्ञापन हटाउन निर्देशन पनि दिएको छ । मंगलवार जारी गरिएको आधिकारिक विज्ञप्तिमा सेन्सोडाइनको ‘दुनियाभरका दन्त चिकित्सकहरूद्वारा रेकमेन्डेड’ र ‘दुनियाको नम्बर एक सेन्सेटिविटी टूथपेस्ट’ को दावा गरेका विज्ञापनलाई सात दिन भीत्र हटाउन भनिएको छ । यसका साथै १६ लाख  जरिवाना तिर्न निर्देशन पनि दिएको छ ।

यसबाहेक सेन्सोडाइन टूथपेस्टकै विदेशी दन्त चिकित्सकहरू द्वारा सिफारिस गरिएको भनेर देखाउने विज्ञापनलाई पनि सीसीपीएले नै यस अघिकै आदेश अनुसार बन्द गर्न भनिएको थियो ।

निधि खरे अध्यक्ष रहेको सीसीपीएले हालै सेन्सोडाइन उत्पादनका भ्रामक विज्ञापनका विरुद्ध आदेश पारित गरेको हो। यी विज्ञापनमा यो टूथपेस्टलाई ‘दुनियाभरका दन्त चिकित्सकहरूद्वारा रेकमेन्डेड’ र ‘दुनियाको नम्बर एक सेन्सेटिविटी टूथपेस्ट’  भनेर दाबी गरिदै आएको छ र नेपालमा पनि यो विज्ञापन सबैजसो टिभि च्यानलबाट देखाउने गरिएको छ । यसैगरी रेडियो तथा छापाहरूमा पनि यो भ्रामक विज्ञापन प्रचारप्रसार हुँदै आएको छ ।

यसअघि सन् २०२२ को फेब्रुअरी महिनामा सीसीपीएले नै एउटा आदेश दिएर सेन्सोडाइनको “देश बाहिरका एक दन्त चिकित्सक यो टूथपेस्ट प्रयोग गर्ने सल्लाह दिन्छन्” भन्ने विज्ञापन बन्द  गर्न निर्देशन दिएको थियो । सीसीपीएले टेलिभिजन, यूट्यूब, फेसबुक र ट्विटरलगायतका सबै माध्यमबाट सेन्सोडाइन उत्पादनसम्बन्धी यी विज्ञापनका विरूद्ध स्वत: कार्रवाई शुरू गरेको जनाएको छ ।

यी विज्ञापनमा विदेश (ब्रिटेन) मा  अभ्यासरत चिकित्सकले सेन्सेटिविटीबाट दाँतलाई बचाउनका लागि “सेन्सोडाइन रैपिड रिलीफ” र “सेन्सोडाइन फ्रेश जेल” नामका सेन्सोडाइनका उत्पादन प्रयोग गर्ने सल्लाह दिएको देखाइएको छ ।-स्वतन्त्र समाचार

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १८:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार