सोसल मिडिया
Contact Us
युनिकोड
मोरङ, १० चैत । ड्रोनको माध्यमबाट विराटनगर महानगरपालिकामा रहेका घरको विवरण सङ्कलन गर्ने कार्य आजदेखि सुरु गरिएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले उक्त कार्य शुभारम्भ गर्दै नगरको विकासमा घर, सडकलगायत सम्पूर्ण पूर्वाधारका विषयमा प्राप्त हुने जानकारी दिए ।
डिजी निर्माण इञ्जीनियरिङ प्रालिका प्रमुख विवेक सिंहले ग्लोवल पोजिशन सिष्टम जिपिएसद्वारा नगरका १० फिटभित्रको क्षेत्रफलमा रहेका घरको विवरणर सङ्कलन गर्नाका साथै घर जग्गाको डिजिटल तस्वीरबाट नाप, नक्सा लिन सकिने भएकाले सार्वजनिक सेवा पबाहमा उल्लेनीय सुधार ल्याउने जानकारी दिए । उनले रु १७ लाखको लगानीमा आगामी असार मसान्तसम्म सम्पूर्ण कार्य सम्पन्न गर्न दैनिक नौ कर्मचारीमार्फत प्रत्येक दिन दुईवटा ड्रोेनबाट नाप, नक्सा सङ्कलन गरिने बताए । ड्रोनको माध्यमबाट सङ्कलन गरिने विवरण गुगलमार्फत अन्तराष्ट्रिय क्षेत्रबाट पनि जानकारी लिन सकिने छ ।