Chhath Banner Chhath Banner
Chhath Banner Chhath Banner

१६ बुँदे घोषणापत्र जारी गर्दै जातीय विभेदविरुद्ध राष्ट्रिय सम्मेलन सम्पन्न

मंगलबार, चैत ८, २०७८

काठमाडौँ  ८ चैत ।  ५७ औँ जातीय तथा रङ्गभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा इन्सेकद्वारा काठमाडौँमा आयोजित जातीय विभेदविरुद्धको दुई दिने राष्ट्रिय सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सातै प्रदेशका १ सय २० जना भन्दा बढीको सहभागिता रहेको सम्मेलनले जातीय विभेद उम्मुलनका लागि दलित समुदाय माथि भएको विभेद अन्त्यका लागि विभिन्न १६ ओटा बुँदा समेटेर ुकाठमाडौँ घोषणापत्र २०७८’ जारी गरेको हो ।
घोषणापत्रमा नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत छुवाछुत तथा भेदभाव विरुद्धको हक ९धारा २४० का साथै समानताको हक (धारा १८), दलितको हक (धारा ४०), सामाजिक न्यायको हक (धारा ४२) को अक्षरशः पालना गर्न सम्मेलन नेपाल सरकारसँग माग गर्दछ भनिएको छ ।
त्यस्तै सम्मेलनले जातीय विभेदलाई शून्य सहनशीलताको सिद्धान्त अँगाली राज्यले ‘छुवाछुत तथा भेदभावविरुद्धको हक धारा २४ लगायत अन्य सान्दर्भिक कानुनको प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ ।
घोषणापत्रमा नेपालको संविधानको मौलिक हकको धारा ४० को उपधारा ५ र ६ मा उल्लेख दलितलाई एक पटकका लागि आवास र जमिन उपलब्ध गराउनु पर्ने, विद्यमान खलिया, बालीघरे, कटुवाल, हलिया प्रथा तथा वादी समुदायमाथिका सम्झौता तथा घोषणाको स्मरण गर्न तथा तीनका प्रावधान यथाशक्य लागु गर्न तीनै तहका सरकारसँग माग गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १९:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार