अब निःशुल्क खाना खुलामञ्चमा होइन थापाथलीमा  

बुधबार, मंसिर ३, २०७७

काठमाडौँ । खुलामञ्चमा वितरण गरिँदै आएको निःशुल्क खाना अबदेखि थापाथलीबाट वितरण गर्न थालिएको छ । निःशुल्क खाना कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी गरिएको लकडाउनका कारण रोजगारी गुमाएर भोकै बस्नुपरेका मजदुरलगायत असहायले खाँदौ आएको थिए । खुलामञ्चमा निःशुल्क खाना वितरण गरेकोप्रति काठमाडौं महानगरपालिकाले आपत्ति जनाएपछि थापाथलीबाट वितरण गर्न थालिएको हो । बुधबारदेखि काठमाडौं महानगरपालिका र खुलामञ्चमा निःशुल्क खाना वितरण गर्दै आएका संस्थाहरूबीचको सहमति अनुसार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै खाना वितरण गर्ने कार्य सुरु भएको हो ।
‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारिरीक रूपमा काम गर्न नसक्ने महानगरवासीको व्यवस्थापनमा काठमाडौं महानगरपालिका निरन्तर लागिरहेको छ’, काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख धनपति सापकोटाले भने, ‘ स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना र सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने हेतुले सार्वजनिक स्थल, खुला क्षेत्रमा भोजन सेवा बन्द गरी वैकल्पिक स्थानमा भोजना गराउने नीति महानगरपालिकाले लिएको छ । हामी त्यसैअनुरुप यो पहल गरिरहेका छौँ ।’ निःशुल्क खाना वितरण गर्दै आएका संस्थाहरूसँग परामर्श गरेर अस्थायी रूपमा थापाथलीमा खाना वितरणको स्थान तोकिएको र आगामी दिनमा पार्टी प्यालेस वा अन्य थप व्यवस्थित ठाउँमा खाना वितरणको पहल भइरहेको महानगरले जनाएको छ । 
काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना वितरण गरेकोप्रति आपत्ति जनाउँदै आएको थियो । तिहारपछि खुलामञ्चको सट्टा अर्काे ठाउँमा खाना वितरण गर्ने सहमति महानगर र संस्थाहरूबीच भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७  १४:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार