तीन बुँदे सहमतिले शान्तितर्फ  ठूलो सफलता : प्रधानमन्त्री

शुक्रबार, फागुन २१, २०७७

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीसँग अन्तिम किस्तामा भएको तीन बुँदे सहमतिले नेपाल शान्तिपूर्ण  युगमा प्रवेश गरेको बताएका छन् । नेकपासँगको समझदारी पत्र सार्वजनिक गर्न शुक्रबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित संयुक्त सभामा विप्लवलाई साक्षी राखेर प्रधानमन्त्री ओलीले भने, ‘यो सहमति पछि नेपालमा अब कसैले हिंसात्मक बाटो र कार्यदिशा अंगालेको छैन । आजको निष्कर्षको ठूलो उपलव्ध नेपालमा हिंसा छैन भन्ने हो ।’ केही समयअघि सार्वजनिक भएको शान्तिको मापदण्डमा नेपाल धेरै अगाडि आएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यो सहमतिपछि नेपालको शान्तिको स्थिति धेरै माथि पुग्नेछ ।’
‘नेपाली जनता, समाज, राज्यले सम्पूर्ण शान्ति खोजेको छ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रियताको रक्षा, राष्ट्रिय अखण्डताको रक्षा, लोकतन्त्रकोसुदृढीकरण, समानता र शान्ति चाहेका छन् । शान्तिपूर्ण समाजको चाहना, सुशासन, योजनावद्ध ढङ्गले विकास होस भन्ने चाहना यो सहमतिपछि पूरा हुनेछ ।’  विप्लवले एउटा कदमबाट नेपालीको मन जित्नु भएको छ प्रधानमन्त्री ओलीले भने, ‘एउटा कार्यदिशा, बाटो समातेर हिँडिरहेको कार्यकर्तालाई मोड्न त्यति सजिलै सकिँदैन, तर उहाँले बाटो मोड्न सफल हुनु भयो । उहाँको यो फोर्स ल्यान्डिङ पनि होइन, क्रयास ल्यान्डिङ पनि होइन यो सेफ ल्यान्डिङ हो ।’ 
वार्ताबाट भएको उपलब्धिलाई शंका दृष्टिकोणबाट हेर्नेलाई जवाफ दिँदै उनले भने, ‘हामीले विप्लवजीसँगको वार्ता गम्भीरताका साथ ग¥यौं । १० वर्ष अघि नै विप्लवजी र मैले भेटेर लामो कुराकानी गरेका थियौं । हामी निरन्तर सम्पर्कमा थियौं । यो सबै वातावरणले वार्तालाई छिटो टुङ्गोमा पु¥याएको हो ।’ तीन बुँदा सहमतिमा समस्या आइपरे छलफल र वार्ताबाट नै टुङग्याउने भन्ने उल्लेख छ प्रधानमन्त्री ओलीले भने, ‘सहमति पछि उहाँहरूले आफ्ना गतिविधि शान्तिपूर्ण ढङ्गले गर्नु हुनेछ ।’ 
प्रधानमन्त्री ओलीले प्रहरी हिरासतमा रहेका नेकपाका कार्यकर्ता छाड्ने प्रक्रिया सुरु भइसकेको जथनाउँदै धर्मेन्द्रजी काभ्रेबाट यहाँ आइसक्नु भयो अन्य कार्यकर्ता पनि प्रक्रियाबाट छाडिने जनाए । 
तीन बुँदे सहमतिसँगै नेपाल नयाँ युगमा प्रवेश गरेका दोहो¥याउँदै उनले गत वर्ष आफ्नै नेतृत्वमा पृथकतावादी आन्दोलन गरिरहेको सीके राउतलाई मूलधारमा ल्याएको स्मरण गरे । 
‘हामी एउटै उद्देश्यमा छौं । नेपाल स्वतन्त्र अस्तित्वसहितको समृद्ध नेपाल हुनुपर्छ भन्नेमा छौं’ उनले भने । 
सम्बोधनका क्रममा ओलीले ४८ वर्षअघि आजकै दिन भएको सुखानी हत्याकाण्डको पनि उनले स्मरण गरे । 
यसअघि ३ बुँदे सहमपिछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ राष्ट्रिय सभाबाट औपचारिक सार्वजनिक भएका थिए । संयुक्त सभामा विप्लवले शहीदका चाहना पूरा नभएको बताए । मुक्त आशाकमा आफूहरुले राजनीतिक गतिविधि गर्ने बताउँदै समाजमा रहेको शोषणविरुद्ध लड्ने बताए । मान्यतामाथि हमला भएको बेला नागरिकहरु विद्रोही हुने उनले बताए । 
परिस्थिति बदलिए पछि आफ्नो भूमिका बदलिने बताउँदै उनले कम्युनिस्टहरु शान्तिका दूत हुने बताए । तीन बुँदेमा आफूहरु प्रतिवद्ध रहेको उनले बताए । आशंका–उत्तेजतामा नेकपा आउने छैन उनले समारोहमा भने । 
जननिर्वाचित नेताले निर्णय गर्न पाउनु पर्नेे कुरा  गरेर उनले ओलीको संसद् विघटनको निर्णयलाई कार्यान्वयन गर्न नपाएको भन्दै घुमाउरो शैलीमा ओली निर्णयको बचाउ गरे । 
चन्द्र डाँगी र रामप्रसाद प्रधान शहीद घोषणा 
प्रधानमन्त्री केपी ओलीले सुखानी हत्याकाण्ड अघि मारिएका चन्द्र डाँगी रामप्रसाद प्रधानलाई शहीद घोषणा गरिएको जानकारी दिए । केही दिन अघिको मन्त्रिपरिषद् बैठकले डाँगी र प्रधानलाई शहीद घोषणा गर्ने निृर्णय गरेको  ओलीले जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  १६:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार