राजवंशी संस्कृति संरक्षणका लागि महोत्सव

शनिबार, फागुन २८, २०७८

मोरङ, २८ फागुन । विराट राजवंशी समुदायको खानपान, पहिरन, भाषा र संस्कृति संरक्षणका लागि विराटनगरमा ‘विराट राजवंशी महोत्सव गरिने भएको छ । विराट राजवंशी प्रगतिशिल विकास समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी चैत ५देखि १५ गतेसम्म विराटनगर–५ आयोजना हुने महोत्सवमा आफ्नो समुदायको मौलिक खानपान, वेषभुषा र संस्कृतिक झाँकी प्रदर्शन गरिने जनाएको हो ।
समाजका अध्यक्ष किरण राजवंशीले आदिवासी समुदायका रुपमा राजवंशीको संस्कृति  पश्चिमा संस्कृतिले  अतिक्रमण गर्दै लगेकाले संरक्षण र उत्थानका लागि महोत्सव आयोजना गर्न लागिएको बताए ।
महोत्वमा मौलिक खानपान, पहिरनलगायत बालबालिका तथा युवाको मनोरञ्जनका लागि झुला, रोटेपिङ र सांस्कृतिक कार्यक्रमलगायत कार्यक्रमका लागि ६० वटा कक्ष रहने उनले जानकारी दिए ।
महोत्वमा नेपाली तथा राजवंशी भाषाका चर्चित कलाकार सुगम पोखरेल, शिव परियार, इन्दिरा जोशी, प्रमोद खरेल, मेलिना राई, प्रवलदीप विश्वास र लक्ष्मण राजवंशीले आफ्ना गीत तथा नृत्य प्रस्तुत गर्नुहुने समाजका सचिव गोपी राजवंशीले बताए ।
नेपाल तथा सीमावर्ती भारतीय शहरबाट ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने र  ५० लाख रुपैयाँ बराबरको कारोबार हुने विश्वास लिइएको र महोत्वसवका लागि उक्त समुदायबाट रु ३० लाख सङ्कलन गरिएको जानकारी गराइयो ।–रासस

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  २०:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार