गैँडाको आक्रमणबाट मृत्यु

बिहीबार, फागुन २०, २०७७

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणमा परी आज एकको मृत्यु भएको छ । नवलपुरको मध्यबिन्दु नगरपालिका–१२ मा गैँडाको आक्रमणमा परी ४४ वर्षीय पविसरा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो । बारीमा घाँस काट्न गएका समयमा गैँडाले आक्रमण गरेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो । गैँडाको आक्रमणबाट विकको घटनास्थलमा नै मृत्यु भएको उनले बताए ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  २२:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार