जात्रा र नाच संरक्षणका लागि अक्षयकोष

हरिसिद्धि नाचलाई ललितपुर महानगरको ५० लाख
बुधबार, फागुन १८, २०७८

ललितपुर, १८ फागुन । ललितपुर महानगरले ऐतिहासिक, सांस्कृति र धार्मिक महत्वको हरिसिद्धि नाचको अक्षयकोषका लागि दुई पटक गरेर ५० लाख हस्तान्तरण गरेको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले हरिसिद्धि त्रिशक्ति भवानी सेवा समितिका अध्यक्ष धनबहादुर महर्जनलाई बुधबार २५ लाखको चेक हस्तान्तरण गरे । यस अघि महानगरले हरिसिद्धि नाचको अक्षयकोषका लागि २५ लाख हस्तान्तरण गरिसकेको छ ।

नगरप्रमुख महर्जनले अक्षयकोषका लागि दुई पटक गरेर ५० लाख हस्तान्तरण बताए । नगरप्रमुख महर्जनले आर्थिक अभावका कारण नाच र जात्रा संकटमा नपरुन भन्दै अक्षयकोष स्थापनाका लागि महानगरले सहयोग गरेको बताए । उनले भने, ‘ यी अमूर्त सम्पदाको संरक्षणले मूर्त सम्पदाको संरक्षणलाई समेत सहयोग गर्छ । ’ मूर्त सम्पदा अन्तर्गत देवालय, शिवालय , मठ मन्दिर पर्छन् । कार्यक्रममा ललितपुर महानगर वडा नं २८ का वडा अध्यक्ष राजेश महर्जनले आर्थिक अभावलमा नाच, जात्रा अब नरोकिएने बताए । वडा नं २९का वडा अध्यक्ष गणेश महर्जनले अक्षयकोष स्थापनाका लागि महानगरले गरेको सहयोग महत्वपूर्ण भएको बताए ।

ललितपुर महानगरले कात्र्तिक नाचको अक्षयकोषको लागि एक करोड हस्तान्तरण गरिसकेको छ । महानगरले आर्थिक वर्ष २०७८-७९को बजेटबाट ५० लाख हस्तान्तरण गरेको हो । अघिल्लो वर्ष महानगरले आर्थिक वर्ष २०७७÷७८ को बजेटबाट ५० लाख हस्तान्तरण गरेको थियो । महानगर प्रमुख महर्जनले भने, ‘ झन्अघिल्लो वर्ष मैलै कात्र्तिक नाचलाई एक करोडको अक्षयकोष बनाउन सहयोग गर्छु भनेको थिएँ, अघिल्लो वर्ष ५० लाख र अहिले ५० लाख हस्तान्तरण गरेँ, निकै खुशी छु । ’ खोकनामा देखाइने रुद्रायणी नाचकालागि महानगरले अघिल्लो र चालु आर्थिक वर्षका गरी अक्षयकोषका लागि ५० हाल हस्तान्तरण गरिसकेको छ । यसैक्रममा महानगरले दसैंका बेला देखाइने खड्ग जात्राको अक्षयकोषका लागि २५ लाख छुट्याएको छ ।

२४ वर्षसम्म स्थगित भएको यो जात्रा चार वर्ष अघिबाट देखाउन सुरु गरिएको छ । महानगर प्रमुख महर्जनले अक्षयकोष हुँदा जात्रा, नाचको निरन्तरतामा खर्च जुटाउन मुश्किल नहुने बताए । ।कात्र्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले आर्थिक अभावमा नाच नरोकिने बताउँदै यसलाई बढाएर १० करोड पु¥याउने बताए ।

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १२:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार