सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १७ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विवाह दर्तामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग तीन हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ का वडासचिव मोहम्मद सिद्दिकविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगको बुटबल कार्यालयबाट खटिएको टोलीले निज सिद्दिकलाई गत पुस २ गते सेवाग्राहीसँग घूस लिएको रकमसहित नियन्त्रणमा लिएको थियो । वडासचिव सिद्दिकलाई रु तीन हजार बिगो माग दाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।