सोसल मिडिया
Contact Us
युनिकोड
बैतडी, १७ फागुन । बैतडी र दार्चुला जिल्लाको सिमाना गोकुलेश्वरमा आजदेखि महाशिवरात्री मेला सुरु हुँदैछ । गोकुलेश्वरमा शिवरात्री अर्थात आजकै दिनदेखि १ सातासम्म भव्य मेला लाग्ने गर्दछ । मेलाका लागी यहाँ स्थित शिव मन्दिरहरुलाई रंगरोगन गरिएको छ भने, अस्थायी पसलहरु थापिएका छन् । मेलालाई व्यापारीक दृष्टीकोणले प्रसिद्ध मेलाका रुपमा लिइन्छ । यहाँ घरेलु सामग्रीहरु डोका, सुप्पा, मोट्टा, छाप्रा, गाग्री, ढकेरा, पारा तथा हातले बुनेका सामग्रीहरु पाइन्छन् । यसैगरी जेरी मिठाईका परिकार बिक्रि गर्न भारतको मथुराबाट व्यापारी आउने गर्दछन् । विगतमा यस मेलामा नुनदेखि सुन सम्म पाउने मेलाका रुपमा हेरिन्थ्यो । गोकुलेश्वर मेलामा करिब १ हप्तासम्म महिला र पुरुषको डेउडा खेल लाग्ने गर्दछ ।