सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । ललितपुरको एकान्तकुनाबाट कोटेश्वर कलेज आउँदै गर्दा एक जना विद्यार्थीको सवारी दुर्घटनामा ज्यान गएको छ । आफ्ना सहपाठीको दुर्घटनामा ज्यान गएको विरोधमा कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले जावलाखेलमा प्रदर्शन गरे । बुधबार बिहान भएको सवारी दुर्घटनामा सिन्धुपाल्चोककी १९ वर्षीया अञ्जु दाहालको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । दाहाललाईस १ ज ५६७ नं को जीपले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते दाहालको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उक्त घटनापछि अहिले कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका हुन् । उनीहरुले चालकको लापरवाहीले दुर्घटना भएको आरोप लगाउँदै कारवाहीको माग गरेका छन् । दाहाल सोही क्याम्पसका विद्यार्थी हुन् । गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिइएको परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।