कोरोना संक्रमणको जोखिम चिसोमा कस्तो होला ?

मंगलबार, मंसिर २, २०७७

अघिल्लो वर्षको चिसो मौसममा सुरु भएको कोरोनाभाइरसको संक्रमण यस वर्षको चिसोसम्म व्यापक स्तरमा फैलिँदो छ । गर्मी मौसममा कोरोना भाइरसको संक्रमण रोकिने धेरैको अनुमान थियो । तर रोकिएन ।  चिसो मौसममा कोरोनाको संक्रमण बढ्न सक्ने स्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् । 
पछिल्लो समय युरोपेली राष्ट्रहरुमा कोरोना भाइरसको संक्रमण तीव्र गतिले बढ्दै गएको देखिएको छ । युरोपमा मात्र १ करोड २९ लाख ५९ हजार बढी मानिस संक्रमित भइसकेका छन् । मृतकको संख्या ३ लाख ७ हजार बढी छ । रसियामा हालसम्म १८ लाख ५८ हजार बढी कोरोना संक्रमित भेटिएका छन् । तीमध्ये ३२ हजार बढी संक्रमितको त मृत्यु भइसकेको छ । त्यहाँ एकै दिन २१ हजार बढी नयाँ संक्रमित भेटिएका छन् भने ४ सय बढीको मृत्यु भएको छ । विश्वको सबैभन्दा चिसो हुने देशमध्ये रसिया पनि एक हो । 
केही दिनयता काठमाडौं उपत्यका सहित देशभर चिसो बढेको छ । गर्मीमा भन्दा जाडो मौसममा भाइरल इन्फेक्सनको जोखिम पनि बढी हुन्छ । चिसो समयमा भाइरल ज्वरो, रुघाखोकी, निमोनिया, श्वासप्रश्वास सम्बन्धी समस्या बढ्ने चिकित्सक बताउँछन् । चिसो मौसममा कोरोनाका भाइरस अन्य समयमा भन्दा बढी बाँच्न सक्ने विभिन्न अध्ययनहरुले समेत देखाएको छ । जोडामा भाइरस सक्रिय हुने र भाइरल लोड समेत बढ्छ । चिसोमा नाक, मुख र घाँटीको कोषिकाहरु सुख्खा हुने भएकाले भाइरस फैलिन सक्छ । 
डा.बाँस्तोला भन्छन्, ‘जाडोका कारण भाइरस सक्रिय हुन्छ । भाइरल लोड पनि बढेर जान्छ । यसमा भएको ह्युमिलिटीका कारण नाक, मुख र घाँटीको कोषिकाहरु सुख्खा हुने भएकाले भाइरस फैलिन सक्छ ।
चिसोमा अन्य भाइरल संक्रमण, मौसमी रुघाखोकी, ब्याक्टेरियल संक्रमण, निमोनियाको जोखिम हुने भएकाले जटिलता थप्ने काम गर्छ । जाडोमा अधिकांश व्यक्तिहरु कोठामा गुम्सिएर बस्छन् । तर कोठामा गुम्सिएर बस्दा पनि संक्रमण एक व्यक्तिबाट अर्काे व्यक्तिमा फैलन सक्छ । जाडोमा एउटै कोठामा हावा नछिर्ने गरी गुम्म भएर बस्नु हुँदैन । यदि कोही व्यक्ति संक्रमित छ भने गुम्सिएर बस्दा पनि कोरोना संक्रमण फैलन सक्छ ।
अर्काे पक्ष भनेको चिसो मौसममा रोग प्रतिरोधात्मक क्षमता पनि घट्ने गर्छ । चिसो मौसम यसै पनि मुटु रोगी र दमका रोगीका लागि जोखिमपूर्ण मानिन्छ । त्यहीमाथि कोरोना भाइरसले थप जटिलता निम्त्याउन सक्छ ।
चिसो मौसममा कोरोनाको जोखिम बढ्छ भन्ने सम्भावनालाई नकार्न सकिँदैन । चिसो मौसममा भाइरल इन्फेक्सन बढ्ने भएकाले कोरोनाको जोखिम पनि बढ्न सक्छ । चिसो तथा सुख्खा मौसममा भाइरसहरु सक्रिय हुन्छन् । चिसोमा कोरोनाको जोखिम बढ्छ भन्ने यकिन नभए पनि यसको सम्भावनालाई नकार्न पनि सकिँदैन । सुरुवाती दिनमा चीनको वुहानमा कोरोना देखिँदा पनि त्यहाँ चिसो मौसम थियो । भाइरसको प्रकृति, देखिरहेको अवस्थालाई हेर्दा कोरोनाको जोखिम बढ्न सक्छ । 
बढ्दो चिसाले विशेषगरी बालबालिका, दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई सताउँछ । चिसोका कारण भाइरल ज्वरो, रुघाखोकी, निमोनिया, श्वासप्रश्वास सम्बन्धी समस्या तत्काल देखापरे उपचारको आवश्यक पर्छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०७७  ०८:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार