गायक लामाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नाचघरमा राखिने

बुधबार, फागुन ११, २०७८

काठमाडौं, ११ फागुन : लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको शव अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय नाचघर जमलमा राखिने भएको छ । 
भोलि बिहान १० बजेदेखि १२ बजेसम्म श्रद्धाञ्जलीका लागि शव नाचघरमा राख्न लागिएको कलाकार कलाकार दिपाश्री निरौलाले जानकारी दिइन् । 

गायक लामाको आज बिहान भक्तपुरमा गाडीबाट झर्ने क्रममा असामयिक निधन भएको थियो । 

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी,  प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले गायक लामाको निधनप्रति दु:ख व्यक्त गरेका थिए ।  

कांग्रेसद्वारा दु:ख व्यक्त

लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनमा नेपाली कांग्रेसले दु: ख व्यक्त गरेको छ ।  कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज बुधबार एक विज्ञप्ति जारी गर्दै दु:ख व्यक्त गरेको हो । 

'नेपाली लोकगीत संगीत, चलचित्र क्षेत्रका ख्याति प्राप्त सर्जक तथा कलाकार जयनन्द लामाको आज भएको असामयिक निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ' विज्ञप्तिमा भनिएको छ । 

नेपालको सांस्कृतिक क्षेत्रको श्रीवृद्धिमा उनले पुयाउनु भएको योगदान सदा स्मरणीय रहने कांग्रेसले जनाएको छ । उनको निधनबाट मुलुकले एक अग्रज कलाकारलाई गुमाएको विज्ञप्तिमा जनाइएको छ ।  

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पनि दुःख व्यक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध लोकगीत सङ्कलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेकी छन् । उनले आज ट्विट गर्दै गायक लामाको निधनले नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति ब्यहोर्नुपरेको उल्लेख गरेकी छन् । दुःखको यस घडीमा स्व लामाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेकी छन् । 
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले  आज ट्विट गर्दै गायक लामाको असामयिक निधनबाट मुलुकले गीतसङ्गीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको उल्लेख गरेका छन् । उलने दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । ायक लामाको आज बिहान भक्तपुरमा गाडीबाट झर्ने क्रममा असामयिक निधन भएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  २०:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार