नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गर्न माग गर्दै सर्वोच्चमा रिट

सोमबार, फागुन ९, २०७८

काठमाडौँ, ९ फागुन । अधिवक्ता तुलसीराम पोखरेलले नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । अधिवक्ता पोखरेलले आज यहाँ पत्रकार सम्मेलन गरी सनातन व्यवस्थाका बारेमा संविधान आफँैमा बाझिएको र अस्पष्टता भएकाले स्पष्ट व्याख्या गरी पाऊँ भन्दै सर्वोच्चमा रिट दर्ता गराएको जानकारी दिए । उनले नेपालको संविधानमा निरपेक्षता र सापेक्षतामा स्पष्ट नभएको र धर्मसापेक्षता लेख्नुपर्ने ठाउँमा धर्मनिरपेक्षता लेखिएको बताए  । “संविधानमा निरपेक्षता र सापेक्षताको व्याख्या पनि छैन तर मान्दै आएको सनातन संस्कृति भनिएको छ । यो भनेको वैदिक सनातन संस्कति हो”, उनले भने ।    
अधिवक्ता पोखरेलले वैदिक सनातन संस्कृति र निरपेक्षताको बीचमा बाझिएको छ भनेर आफूले सर्वोच्चमा रिट निवेदन दायर गरेको बताए  । संविधानको धारा, ४ को उपधारा, १ अन्तर्गतको स्पष्टीकरणको खण्डमा धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म, संस्कृति संरक्षण गर्ने उल्लेख गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  २२:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार