नेपाल बारको निर्वाचन आगामी चैत १९ गते

सोमबार, फागुन ९, २०७८

काठमाडौँ, ९ फागुन  ।  नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आगामी चैत १९ गते हुने भएको छ । बारले आज सार्वजनिक गरेको कार्यतालिकामा २५ सदस्यीय नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ । बारको कार्यसमितिमा अध्यक्ष, सातै प्रदेशमा सात उपाध्यक्ष, एक महिला उपाध्यक्ष, एक महासचिव, कोषाध्यक्ष र १४ सदस्य रहने व्यवस्था छ । 

निर्वाचनमा देशभरका ९० बार इकाइबाट करिब ११ हजार सदस्य मतदानमा सहभागी हुने बारले जनाएको छ । वर्तमान बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा रहेको कार्यसमितिको तीनवर्षे पदावधि सकिन लागेको हुनाले नयाँ कार्यसमितिको निर्वाचन तय भएको हो ।

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  १९:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार