मार्च ८ मा ललितपुर महानगरले साइकल ¥याली निकाल्ने

सोमबार, फागुन १७, २०७७

ललितपुर । ललितपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा साइकल ‌रयाली गर्ने भएको छ । यो दिवस प्रत्येक वर्ष मार्च ८ का दिन मनाइन्छ । मार्च ८ आउँदो सोमबार पर्छ ।  ललितपुर महानगरले रोटरी क्लब अफ पाटन र नेपाल साइकल सोसाइटीसँग सहकार्य गरेर साइकल ¥याली निकाल्न लागेको हो । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा साइकल ¥याली गर्नु सकारात्मक विषय भएको बताए ।  साइकल यात्रीलाई प्रेरित गर्न अन्य दिवस र अवसरहरुमा पनि साइकल ¥याली आयोजना गर्नुपर्ने उनको धारणा छ । नगरप्रमुख महर्जनले दोस्रो चरणमा साइकल लेन निर्माण गरिरहेको जानकारी दिए ।  पहिलो र दोस्रो चरण अन्तर्गत साइकल लेन निर्माण सम्पन्न हुँदा साढे २३ किलोमिटर साइकल लेन निर्माण हुने छ ।  जावलाखेलबाट सुरु हुने ¥याली लगनखेल, मंगलबार, गावबहाल, पुल्चोक, होटेल हिमालय, पाटनढोका, क्वाल्खु हुँदै मंगलबजारमा पुगेर समापन हुनेछ । ललितपुर महानगरपालिका महिला, बालबालिका महाशाखा प्रमुख महेश्वरी विष्ट रावलले महानगरले महिला, बालबालिका र अपागंता भएकाहरुको अधिकारलाई योजनाबद्ध ढंगबाट काम गरिराखेको बताइन् । 
 

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १५:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार