डोजरले खनेको माटोले पुरिएर महिलाको मृत्यु

सोमबार, फागुन १७, २०७७

धादिङ । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर आज अपराह्न एक महिलाको मत्यु भएको छ । सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा  पुरिएर त्रिपुरासुन्दरी – १ की ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको हो । सडक निर्माणका क्रममा माटो फालिरहेका बेला बाटो पार गर्नेक्रममा कुमाल पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए । शव परीक्षणका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १५:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार