एमसीसी टेबुल गर्ने गठबन्धनको निर्णय बिरुद्ध माओबादीका तीन सदस्य

आइतबार, फागुन ८, २०७८

काठमाडौँ, फागुन, ८ । सत्तारुढ गठबनधनले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस गर्ने निर्णय गरे लगतै बसेको कार्यव्यवस्था समितिको वैठकमा माओवादीका सांसदहरुले असहमतीका पत्र पेश गरेका छन् ।  बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार बसेको गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी ) सम्झौता अनुमोदन प्रस्ताव संसद बैठकमा पेस गर्ने निर्णय गरेको थियो । 

अमेरिकाले १६ फागुनभित्र एमसीसी सम्झौता सदनबाट अनुमोदन गराइसक्न नेताहरूलाई दबाब दिएको थियो । गठबन्धनभित्र मतभेद देखिँदा संसद बैठकमा पेस हुन सकेको थिएन । माओवादीका सांसदहरु देव गुरुङ, जयपुरी घर्ती र रेखा शर्माले एमसीसी संसदबाट पारित गर्न नहुने भन्दै फरक मत दिएका थिए । 

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १५:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार