सोसल मिडिया
Contact Us
युनिकोड
इस्लामावाद, ६ फागुन । बिल एण्ड मेलिन्दा फाउण्डेसनका सहअध्यक्ष बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद आएका छन् । उनी बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद आएको र यहाँका राजनीतिक तथा विभिन्न क्षेत्रका नेतृत्वसँग कुराकानी गरेका छन् । उनले बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग पनि भेटवार्ता गरेका थिए । त्यस क्रममा उनले पोलियो उन्मूलनका विषयमा कुराकानी गरेको बताइएको छ । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उनीहरुका बीचमा भएको भेटका क्रममा पाकिस्तानी प्रधानमन्त्रीले पाकिस्तानमा पोलियो उन्मूलनका लागि बिल एण्ड मेलिण्डा फाउण्डेशले गर्दै आएको निरन्तर सहयोगको प्रसंशा गरिएको छ । फाउण्डेशनले विगत लामो समयदेखि नै पाकिस्तानमा पोलियो रोगको उन्मूलनका क्षेत्रमा काम गर्दै आएको छ।– रासस/सिन्ह्वा