पत्रकार महासंघको बैतडी अध्यक्षमा खगेन्द्र अवस्थी चयन

शुक्रबार, फागुन ६, २०७८

बैतडी, ६ फागुन । नेपाल पत्रकार महासंघ बैतडीमा सहमतिमा नेतृत्व चयन भएको छ । जिल्ला कार्यसमितिको अध्यक्षमा प्रेस युनियनका खगेन्द्र अवस्थीलाई सर्वसम्मत रूपमा चयन गरिएको छ । उपाध्यक्षमा नरी दत्त बडू तथा बिन्दु चन्द, सचिवमा तृप्ति शाही, सहसचिवमा विनोदसिंह बिष्ट तथा प्रेम वड र कोषाध्यक्षमा डिआर भट्ट चयन भएका छन् । यसैगरी अन्य सदस्यहरूसहित १८ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  १६:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार