धादिङमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु 

शुक्रबार, फागुन ६, २०७८

धादिङ, ६ फागुन । धादिङ्गको सिद्धलेक गाउँपालीका–१ बुङचुङमा शुक्रबार बिहान मोटरसाइकलको ठक्करबाट पैदलायात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धलेक गाउँपालिका–१ का अन्दाजी ५० बर्षीया मुक्ति प्रसाद सिग्देल रहेका छन् । नालाङबाट फुर्केखोला तर्फ जादैँ गरेको बा ३४ प ५०५२ नम्बरको मोटरसाइकलको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो । मृतक नेपाल प्रहरीबाट सेवा निवृत्त प्रहरी निरीक्षक रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।  मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  १४:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार