संसद बैठक सुरु भएलगत्तै एमाले सांसदको नाराबाजी

शुक्रबार, फागुन ६, २०७८

काठमाडौं, ६ फागुन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।  एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोवटाको भूूमिका रहेको भन्दै विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमाले सांसदले संसदमा नाराबाजी गर्दै आएका छन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  १४:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार