प्रधानमन्त्री देउवाले प्रकाशमानलाई भेटे

शुक्रबार, फागुन ६, २०७८

काठमाडाैं, ६ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रकाशमान सिंह परिवारलाई भेटेका छन् । सिंहको कान्छो छोरा भाष्करमानको आज बिहे हुन लागेकाले देउवा बिहान चाक्सीबारी पुगेका थिए । सिंहका सहयोगी युपी लामिछानेका अनुसार देउवा बधाई दिएर फर्किएका छन् ।  गृहमन्त्री बालकृष्ण खाणँ, पूर्वउपसभापति विमलेन्द्र निधि, प्रवक्ता प्रकाशशरण महत, नेता शशांक काेइराला लगायत पुगेका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  १३:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार