सोसल मिडिया
Contact Us
युनिकोड
लमजुङ,६ फागुन । मर्स्याङदी गाउँपालिकाले वडा नम्बर ४ स्थित अस्थायी प्रहरी चौकीलाई मोटरसाइकल प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले अस्थायी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक झलकबहादुर थापालाई १ सय ५० सिसीको पल्सर मोटरसाइकल हस्तान्तरण गरेका हुन् । उत्तरी क्षेत्रमा रहेको अस्थायी प्रहरी चौकीमा सवारी साधन नभएकाले गाउँपालिकाले मोटरसाइकल सहयोग गरेको अध्यक्ष गुरुङले बताए । उनका अनुसार अस्थायी प्रहरी चौकीका कर्मचारी गाउँपालिकाको शान्ति सुरक्षामा निरन्तर खटिरहेको छ ।
अन्नपूर्ण पदमार्गमा पर्ने उक्त क्षेत्रको शान्ति सुरक्षालाई मजबुत बनाउन गाउँपालिकाले पनि सहयोग गरेको बताए । प्रहरी कर्मचारीलाई गाउँगाउँ पुग्न सहज हुने भन्दै २ लाख ८० हजार रुपैयाँ बराबरको मोटरसाइकल प्रदान गरिएको हो । उत्तरी क्षेत्र पर्यटकीय क्षेत्र समेत भएकाले प्रहरीको जिम्मेवारी बढी हुने भएकाले उनीहरुलाई सहज बनाउन सहयोग गरेको गाउँपालिकाले जनाएको छ । १५ कात्तिकमा गाउँपालिकाको पहलमा अस्थायी प्रहरी चौकी स्थापना भएको थियो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका स्वकीय सचिव सरोज गुरुङका अनुसार प्रहरी चौकीका प्रहरीले उक्त क्षेत्रमा शान्ति, सुरक्षाको साथै पर्यटकको समेत सुरक्षा गर्दै आएको छ ।