रौतहटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

शुक्रबार, फागुन ६, २०७८

रौतहट, ६ फागुन । रौतहटको दुर्गाभगवती गाँउपालिका–२ कर्बोलमा बिहीबार बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पिप्राबाट सुकदेवचोकतर्फ जाँदै गरेको ना २ त ८६०५ नम्बरको ट्रयाक्टरले बिपरित दिशाबाट आँउदै गरेको भारतीय नम्बरको मोटरसाईकललाई बिहीबार बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो । गम्भीर घाइते भएका मोटरसाईकल चालकको जिल्ला सरकारी अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटना पश्चात ट्रयाक्टर चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय गंगापिपरा रौतहटले जानकारी दिएको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  १२:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार