कुवेतका दुई उपप्रधान तथा रक्षा र गृहमन्त्रीद्वारा राजीनामा

बिहीबार, फागुन ५, २०७८

कुवेट सिटी, ५ फागुन । कुबेतका दुई उपप्रधान तथा रक्षा र गृहमन्त्रीले राजीनामा दिएका छन् ।  दुवै जनाको राजीनामा कुवेतका राजाले स्वीकृत पनि गरिसक्नु भएको सरकारले बिहीबार जनाएको छ ।  रक्षा मन्त्री शेख हमद जाबेर अल अलि अल सबाह र गृह मन्त्री शेख अहमद मन्सुर अल अहमद अल सबाहले राजीनामा दिएका हुन् । उनीहरू दुवै जना उपप्रधानमन्त्री पनि हुन् । राजदरबारबाट जारी वक्तव्यमा दुवैको राजीनामा स्वीकृत गर्दै उनीहरूको जिम्मेबारी तत्कालका लागि अन्य दुई मन्त्रीलाई दिइएको उल्लेख गरिएको छ । 
उपप्रधान तथा रक्षा मन्त्रालयको जिम्मेबारी विदेश राज्य मन्त्री शेख अहमद नासिर मोहम्मद अल सबाहलाई थप गरिएको छ भने तेल, जल तथा विद्युत् र ऊर्जा मन्त्री मोहम्मद अल फारिसलाई कार्यवाहक गृह मन्त्रीको जिम्मेबारी दिइएको छ ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  २२:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार