आगलागीबाट एक बिघा जग्गामा लगाइएको उखुबालीमा क्षति

बिहीबार, फागुन ५, २०७८

कञ्चनपुर, ५ फागुन । बेलडाँडी गाउँपालिका–३ का किसान नारायण चौधरीको काट्नका लागि तयारी अवस्थामा रहेको उखुबालीमा आज अचानक आगलागी हुँदा लाखौँको क्षति भएको छ । दिउँसो करिब ३ बजेको समयमा एक बिघा जग्गामा लगाइएको उखुबालीमा आगलागी भएको हो । आगलागी हुँदा रु दुई लाखभन्दा बढीको क्षति भएको पीडित चौधरीले बताए ।
आगलागीका कारण भने खुल्न सकेको छैन । उखुबारीमा आगोको मुस्लो उठ्न थालेपछि स्थानीय बासिन्दाको निकै प्रयासपछि आगो निभाइएको थियो । “उखु काट्नका लागि योजना बनाउँदै थियौँ”, चौधरीले भने, “आगलागी हुँदा वर्षभरिको मेहेनत खेर गएको छ । आगलागीले उखुका बोट पूरै सुकेका छन् ।”

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  २२:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार