प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल जारी

बिहीबार, फागुन ५, २०७८

काठमाडौं, ५ फागुन : प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्माबीच छलफल जारी रहेको छ ।

सत्तारूढ गठबन्धनको बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न बालकोट पुगेका छन् । यतिबेला ओली र देउवाबीच छलफल जारी रहेको छ ।

एमसीसीका विषयमा सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  २१:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार