जुम्लामा खेतीयोग्य जमिनमा धमाधम घर बनाइँदै 

बिहीबार, फागुन ५, २०७८

जुम्ला, ५ फागुन । जुम्लामा कर्णाली राजमार्गको ट्रयाक खुलेसँगै खेतीयोग्य जमिन मासिन थालेपछि चिन्ता जनाउन थालिएको छ । राजमार्ग खुलेसँगै सहरीकरणको नाममा खेतीयोग्य जमिनमा घर बनाउन थालिएको हो । मार्सीधान  खेती गर्ने  जमिनमा अहिले ठूल्ठूला घर निर्माण गरिएको छ । राजमार्ग खुलेपछि आफूले पाँँच मुरीभन्दा बढी धान फल्ने खेत बेचेको चन्दननाथ नगरपालिका ७ कि तारा थापाले बताइन् । उनका अनुसार खेतीयोग्य जमिन मासिन थालेपछि  रैथाने अन्न बाली बचाउन कठिन भएको उनले बताइन् । खेतीयोग्य जमिनमा अहिले बसपार्क, ग्यारेज, ट्रायल सेन्टर बनेका छन् । 

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १६:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार