कस्तो छ आजको मौसम ?

बिहीबार, फागुन ५, २०७८

काठमाडौं, ५ फागुन । हाल देशमा पश्चिम न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । दिउँसो प्रदेश १ को पहाडी भूभागको एक(दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा सम्भावना छ । सो प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बाँकी भूभागमा मौसम सामान्य रहनेछ ।

शुक्रबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।  राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  ०७:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार