सोसल मिडिया
Contact Us
युनिकोड
जलेश्वर, ४ फागुन । महोत्तरी जिल्लाको सागरनाथ वनमा आज दिउँसो हत्या गरिएको अवस्थामा एक महिलाको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको गौशाला नगरपालिका–१२ मा रहेको सागरनाथ वन परियोजनाअन्तर्गत निर्माणाधीन रेल्वे लिकभन्दा ५०० मिटर दक्षिणतर्फ जङ्गल क्षेत्रमा एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । नाम, थर, वतन नखुलेको अन्दाजी २५÷२६ वर्षीया गर्भवती, घाँटीमा निलडाम रहेको ती महिलालाई हत्यापछि जङ्गलमा फालिएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ भने शवको सर्जमिन मुचुल्का गरी परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ । साथै उक्त महिला को रहेको र कसरी उनको शव जङ्गलमा आएको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धानसमेत सुरु गरिसकेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।
कर्तव्य ज्यान मुद्दाका आरोपी ३७ वर्षपछि पक्राउ कर्तव्य ज्यान मुद्दाका आरोपीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ३७ वर्षपछि आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको साविक चापागाउँ गाविस हाल गोदावरी नगरपालिका–१० बस्ने सुनबहादुर तामाङ रहेका छन् । उनीमाथि विसं २०४१ सालमा सोही ठाउँका कान्छो भन्ने गणेशबहादुर नगरकोटीलाई कर्तव्य गरी मारेको आरोप छ । ललितपुर जिल्ला अदालतबाट विसं २०४४ मा साविक मुलुकी ऐन, अदालती बन्दोबस्तको महल १९० बमोजिम उक्त मुद्दा मुल्तबीमा रहने गरी फैसला भएको थियो । फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि ब्यूरोबाट परिचालित टोलीले तामाङलाई आज ललितपुरको सल्यानगाउँबाट पक्राउ गरी ललितपुर जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।