‘डिस्को किङ’ बप्पी लाहिरीको निधन

बुधबार, फागुन ४, २०७८

महाराष्ट्र (मुम्बइ), ४ फागुन । दिग्गज गायक–सङ्गीतकार बप्पी लाहिरी मंगलबार राति निधन भएको छ । प्रयाख्त अभिनेत्री र राजनीतिज्ञ हेमा मालिनीले उनको निधनमा ट्विटरमर्फत शोक व्यक्त गरेकी छन् ।  मंगलबार राति ११ः४५ मा निधन भएका चर्चित गायक तथा सङ्गीतकार बप्पी लाहिरीप्रति राजनीतिक क्षेत्रका नेताले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । 
बप्पी लाहिरीलाई बप्पी दा भनेर चिनिन्थ्यो । उनी डिस्को सङ्गीतका लागि प्रख्यात थिए । बप्पी लाहिरीको ६९ वर्षको उमेरमा हिजो राति मुम्बइको एक अस्पतालमा निधन भएको थियो । पश्चिम बंगालका गभर्नर जगदीप धनखरले बप्पी दाको मनमोहक सांगीतिक रचना सबैले मन पराएका बताएका छन् । ‘दुःखको खबर, प्रसिद्ध संगीतकार बप्पी लाहिरीजी अब रहनुभएन’ जगदीपले भनेका छन् । पश्चिम बंगालको जलपाइगुडीमा जन्मेका बप्पी दाको सङ्गीतले सम्पूर्ण फ्यानलाई छक्क पारेको थियो । उनलाई सबै उमेरका मानिसले मन पराउने मंत्रमुग्ध साङ्गीतिक रचनाको लागि सम्झिरहनेछ । परिवारजनमा समवेदना र ओम शान्ति ओम’, उनले ट्वीट गर्दै भनेका छन् । 
विभिन्न स्वास्थ्य समस्याका कारण एक महिनादेखि अस्पतालमा भर्ना भएका बप्पी दाको ‘स्लीप एपनिया’का कारण निधन भएको बताइएको छ । ‘डिस्को किङ’ बप्पी दाको बिहीबार अन्त्येष्टि गरिने जनाइएको छ ।–रासस/एएनआई
 

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १७:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार