दक्षिण कोरियामा एक दिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

बुधबार, फागुन ४, २०७८

सोल, ४ फागुन । दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित भेटिएका बताइएको छ । यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो एजेन्सीका अनुसार यहाँ गएको २४ घन्टा यतामात्र ९० हजार ४४३ कोरोना सङ्क्रमित देखिएका छन् । सो निकायका अनुसार अहिलेसम्म यहाँ १५ लाख ५२ हजारजना कोरोना सङ्क्रमित पाइएका हुन् । यहाँ पछिल्ला केही दिनमा दैनिक ५० हजारभन्दा बढी नै सङ्क्रमित देखिएका छन् । तर यहाँ एकै दिन ९० हजार देखिएको भने यो पहिलो पटक हो । यहाँका अधिकारीले कोरियामा पछिल्ला हप्तामा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन् । उनीहरुले नागरिकले पूर्णमात्रामा खोप लगाएकाले उनीहरुमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन् ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १७:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार