बालाजुमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु, चालक फरार

बुधबार, फागुन ४, २०७८

काठमाडौं, ४ फागुन । काठमाडौंको बालाजुमा बुधबार बिहान ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । ट्याक्टरले किचेर गम्भीर घाइते भएका अन्दाजी ६० वर्षीय पुरुषको उपचारका क्रममा त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ ।  बुधबार बिहान ७ बजे ना ७ त ३८९९ नम्बरको ट्याक्टरमा सवार रहेका उनी अचानक खस्दा सोही ट्याक्टरको चक्काले किचेको हो ।  ट्याक्टर चालक फरार भएकोले खोजी भइरहेको प्रहरी बृत्त बालाजुले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १६:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार