पोखराकाे अमरसिंहचोकमा शंकास्पद वस्तु भेटियो

बुधबार, फागुन ४, २०७८

पोखरा, ४ फागुन । पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु फेला परेसँगै यस क्षेत्रमा त्रास बढेको छ । एमसीसी सम्झौताविरुद्ध ६ दलीय गठबन्धनले नेपाल बन्द आह्वान गरेकै समयमा शंकास्पद वस्तु भेटिएको हो । 

यद्यपि, प्रहरी र सेनाको बम डिस्पोजल टोली पुगिसकेको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले बताए । ठाउँठाउँमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ भने शंकास्पद गतिविधि गर्नेहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १६:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार